२०८१ श्रावण १२

आइतबार लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
  • लुम्बिनी खोज
  • २०८० माघ १८, बिहीबार १०:४६ गते

बुटवल  ।
लुम्बिनी प्रदेश सरकारले २१ माघमा सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते आइतबार सार्वजनिक बिदा दिइएको हो।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आइतबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागिएको प्रदेश सरकारले जनाएको छ ।