२०८१ श्रावण १२

नेप्से ३० अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० माघ १८, बिहीबार ११:५२ गते

बुटवल १८ माघ ।
यो साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । बुधबार २० अंकले घटेको नेप्से परिसूचक बिहीबार ३०.९२ अंकले घटेर दुई हजार ६७.०१ विन्दुमा कायम भएको हो।

कुल एक करोड १५ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १८ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। बुधबारको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको हो । बुधवार पाँच अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।