२०८१ श्रावण १२

कानुन विपरीत भए जग्गा फिर्ता गर्ने चौधरीको बयान
  • लुम्बिनी खोज
  • २०८० माघ २०, शनिबार १२:४५ गते

काठमाण्डौं २० माघ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले कानुन विपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् । उनीसँग बयान लिन सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतहरु खटिएका छन् । बयानका क्रममा उनले जग्गा फिर्ता गर्ने बताएका हुन् ।

जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले कानुनी प्रक्रियाअन्तरगत नै बयान लिन थालिएको जनाएको छ ।
उनको चार दिन म्याद थप भएको छ, त्यही म्याद भित्र रहेर अनुसन्धान भइरहेको सिआयबीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) तीन महिनाको अनुसन्धान पछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ।