२०८१ श्रावण १२

प्रदेशलाई अधिकार सम्पन्न बनाउनु आजको आवश्यकताः प्रदेश प्रमुख शेरचन
  • लुम्बिनी खोज
  • २०८० माघ २१, आईतवार ०८:१४ गते

बुटवल २१ माघ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन प्रदेशलाई अधिकार सम्पन्न बनाउनु आजको आवश्यकता भएको बताएका छन् । प्रदेशलाई अधिकार सम्पन्न बनाएमात्र प्रदेशवासीलाई आफनो हक अधिकारको उपयोग र जनप्रतिनिधीलाई प्रदेशको विकासमा समर्पित हुन मार्ग प्रशस्त हुने उनले बताएका छन् ।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशवासीहरुमा शुभकामना दिदै उनले जनताको अधिकारलाई जनताकै घर दैलोसम्म पुऱ्याउनु र उनीहरुको जीवनस्तर बदल्न बहुआयामिक भूमिका खेल्नु प्रदेशको जिम्मेवारी भएको बताएका छन् । प्रदेश प्रमुख शेरचनद्धारा जारी शुभकामना सन्देशमा लुम्बिनी प्रदेशले केही महत्वपूर्ण कानुनहरुको निर्माण कार्य सम्पन्न गरेको , तर जनताका अधिकारलाई सुव्यवस्थित गरि प्रवाह गर्न अझै आवश्यक कानुन एंव नियमावली बनाउन पनि जरुरी रहेको बताएका छन् ।
प्रदेश सरकारले २०७४ साल माघ २१ गतेलाई लुम्बिनी प्रदेशको स्थापना भएको ऐतिहासिक दिन मानेर प्रदेश सरकार र प्रदेश सभाको स्थापना दिवस दुवैलाई औपचारिक रुपमा संयुक्त आयोजनामा मनाउने निर्णय आफैमा ऐतिहासिक र परिपक्व निर्णय भएकोमा बधाई तथा खुशी समेत उनले व्यक्त गरेका छन् ।

अन्त्यमा, लुम्बिनी प्रदेश स्थापना दिवसले सबै प्रदेशवासीमा खुशीयाली, उमङ्ग र चनात्मक सोचको विकास गरि समृद्ध लुम्बिनी तथा आत्मनिर्भर प्रदेश निर्माणमा सबै अग्रसर हुने प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ