२०८१ श्रावण १२

संसद्को हिउँदे अधिवेशन आजदेखि
  • लुम्बिनी खोज
  • २०८० माघ २२, सोमबार ०७:३२ गते

काठमाडौँ २२ माघ ।
संघीय संसद्को तेस्रो अधिवेशन आज सोमबारदेखि सुरू हुँदैछ । आज अपराह्न बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने लगायतका सम्भावित कार्यसूची रहेका छन् ।
यस हिउदे अधिबेशनलाई विधेयक अधिवेशनका रूपमा लिइने पनि गरिन्छ । सरकारले यस अधिबेशनमा शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने मुख्य लक्ष्य राखेको छ । संसद्मा उक्त विधेयक गत फागुन २५ मा दर्ता भएको थियो । योसँगै संघीयतासँग जोडिएका कानुन पनि यसै अधिवेशनबाट पारित गर्ने तयारीमा सरकार जुटेको छ ।