२०८१ श्रावण १२

क्षतिग्रस्त देवदह खानेपानी मुहानको प्रदेश मन्त्री चौधरीले गरे स्थलगत निरिक्षण
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन ६, शुक्रबार १४:२३ गते

बुटवल । बाढीले क्षति पुगेको रुपन्देहीको देवदह खानेपानी आयोजनाको मुहानको शुक्रबार स्थलगत निरिक्षण गरिएको छ । बाढीले क्षति क्षतविक्षत पुर्याएको मुहानको लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली वहादुर चौधरी सहितको टोलीले निरिक्षण गरेको हो । झण्डै १० किलोमिटर उत्तरमा रहेको मुहान पुग्न मन्त्री सहितको टोलीलाई हिडेर साढे १ घण्टा समय लगेको थियो ।
वर्षादको समयमा खानेपानीको मुहानमा क्षति पुगेपछि उपभोक्तहरु पिउने पानीवाट वञ्चित हुनु पर्ने हो कि भन्ने चिन्तामा छन् । प्रदेश सरकारका मन्त्री चौधरी सहितको टोली सो स्थानमा पुगेर मुहान तत्काल मर्मतका लागि वजेटको प्रवन्ध गर्ने बताएपछि स्थानियलाई राहत मिलेको छ ।
देवदह नगरपालिकाका मेयर हिरा वहादुर केसी, उपमेयर विद्यालक्ष्मी गुरुङ, उपभोक्ता समितिका पदाधिकारीहरु, राजनितिक दलका कार्यकर्ताहरुका साथै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख गुणनिधि पोख्रेल समेतको टोली निरिक्षणमा पुगेको थियो ।
सो अवसरमा विभागिय मन्त्री चौधरीले पहाडको फेदिमा रहेको मुलको पानी उपभोक्ताहरुलाई वितरण गर्न सक्नु निकै महत्वपुर्ण रहेको भन्दै मुहान संरक्षण देखि खानेपानी प्रवन्धका लागि सरकार कटिवद्ध रहेको बताए । दिनप्रतिदिन पानीका मुहानहरु सुकिरहेको वेला पहाडको फेदिमा रहेको मुलको पानी पाउनु देवदह क्षेत्रका वासिन्दा शौभाग्यशाली भएको मन्त्री चौधरीले बताए । अव वाढिले समेत विगार्न नसक्ने गरि मुहान मर्मतको काम अघि बढाउनका लागि आफुले पहल गर्ने उनको भनाई थियो ।
सो अवसरमा देवदहनगरपालिकाका मेयर हिरा केसीले खानेपानीका क्षेत्रमा देवदहकै सबैभन्दा ठुलो आयोजना देवदह खानेपानी रहेको भन्दै यसको मुहान संरक्षण तथा मर्मतका लागि प्रदेश सरकारले काम गरिदिनु पर्ने बताए । उनले पानी वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले सहजिकरण गर्दै आएको बताए ।
खानेपानी कार्यालयका प्रमुख गुणनिधि खनालले सरकारले बनाएको अहिलेको वजेटमा यो योजना नभएपनि नागरिकहरुको पिउने पानी वाढिले विगारेको विषयमा मन्त्री ज्यु र मन्त्रालय संवेदनशिल भएर आफै स्थलगत निरिक्षणमा आएको भन्दै सबैको सहयोजमा मुहानको संरक्षणको काम गर्नु पर्ने बताए ।