२०८१ श्रावण १२

बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (विफु–नेपाल) मा नेतृत्व चयन
  • लुम्बिनी खोज
  • २०८० माघ २२, सोमबार १०:०८ गते

काठमाण्डौं २२ माघ ।
बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (विफु–नेपाल) राष्ट्रिय समितिको सातौं राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गरेको छ । २ दिन सम्म काठमाण्डौंमा सम्पन्न महाधिबेशनले कर्मचारी सञ्चय कोषका धर्मराज मैनालीको अध्यक्षतामा नया नेतृत्व चयन गरेको हो ।
जसको बरिष्ठ उपाध्यक्ष नेपाल बैंक लिमिटेडका नवराज लम्साल, उपाध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका लक्ष्मी प्रसाद पाण्डेय, उपाध्यक्ष–महिलामा कृषि विकास बैंकका लिला जि.सी. र महासचिव नेपाल राष्ट्र बैंकका शंकर प्रसाद भट्टराई चयन भएका छन् ।
महासचिव भट्टराईका अनुसार उप–महासचिवहरुमा अञ्जली भट्टराई, ऋषीराम रेग्मी, पुरुषोत्तम आचार्य, सचिवहरुमा केशव राज श्रेष्ठ, मोतीराम तिमिल्सिना, रामहरि घिमिरे, अर्जुन पौडेल, सुरेश भुषाल, श्रृजना दाहाल, केशव पोख्रेल रहेका छन् । त्यस्तै कार्यलय सचिवमा हरि शंकर तिमल्सिना र कोषाध्यक्ष दिपेश गुरुङ्ग चयन भएका छन् ।