२०८१ श्रावण १२

नेप्से दोहोरो अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० माघ २२, सोमबार १२:०२ गते

बुटवल २२ माघ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार दोहोरो अंकले बढेको छ। सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेर दुई हजार ७६.२७ को विन्दुमा कायम भएको छ।
आज सेयर बजारमा रु. दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर कारोबार भएको छ। तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता सेयर किनबेच भएको छ।

नेपाल टेलिकम र पिपुल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।