२०८१ श्रावण १२

उद्योग संघमा दुई वस्तुगत समिति गठन
  • लुम्बिनी खोज
  • २०८० माघ २२, सोमबार १२:१५ गते

 

बुटवल, २२ माघ ।
रुपन्देही उद्योग संघले वस्तुगत समिति गठनको अभियानलाई तिव्रता दिएको छ । संघले हरेक २ वर्षमा गठन हुने नयाँ कार्यसमितिसँगै विभिन्न खालका वस्तुगत समितिहरु गठन गरी उद्योगीहरुका समस्या संकलन र समाधानका उपायहरु खोज्ने गर्दछ ।
यसैबीच सोमबार सःमिल वस्तुगत समिति र राइस तथा आयल मिल उद्योगीहरुको भेलाले छु्ट्टाछुट्टै वस्तुगत समिति गठन गरिएको हो । संघका प्रथम उपाध्यक्ष एवं वस्तुगत समिति गठन कार्यक्रमका संयोजक जिवकान्त काप्mलेको अध्यक्षतामा आयोजित भेलामा संघका अध्यक्ष दिलिप सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । दुबै भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष सापकोटाले छरिएर रहेका उ्रद्योगहरुका समस्यालाई एकीकृत गर्ने र समस्या समाधानका लागि सक्रिय ढंगबाट अभि बढ्ने उद्देश्यका साथ संघमा आवद्ध उद्योगीहरुको भेलाको आयोजना गरिएको बताउदै आ—आप्mना क्षेत्रका अनुभव र समस्याहरुलाई संघसम्म ल्याई पु¥याउन आग्रह गरे ।
संघका प्रथम उपाध्यक्ष एवं संयोजक जिवकान्त काफलेले वस्तुगत समिति गठनको उद्देश्य, काम, कर्तव्य र अधिकार सन्दर्भमा जानकारी गराएका थिए ।
प्रथम चरणमा आयोजित सःमिल उद्योगीहरुको भेलाले बिजया लक्ष्मी सःमिलका कुसुम खनालको संयोजकत्वमा ७. सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा न्यू अधिकारी काष्ठ एण्ड फर्निचर उद्योगका जोगराज अधिकारी, (युवराज), सचिवमा दिक्षा सःमिलका हिरा खत्री, सदस्यहरुमा कन्चन सःमिल तथा फर्निचर उद्योगका राजेन्द्र विश्वकर्मा, कन्चन गंगा सःमिल तथा फर्निचर उद्योगका निर्माण गौतम र सौगात सःमिल एण्ड फर्निचर उद्योगका सन्दिप ढुंगाना चयन भएका छन् ।
भेलाले समितिको सल्लाहकारमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, द्वितीय उपाध्यक्ष हरिबहादुर खत्री, पूर्ब कार्यसमिति सदस्य छबिलाल अधिकारी, खड्गबहादुर कुँवर उद्योगी नरबहादुर श्रीस, नवल किशोर सिंह र तेज प्रसाद पराजुली चयन गरेको छ ।
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष छबिलाल अधिकारीले नव गठित समितिलाई बधाई तथा शुभकामना दिए ।
त्यसैगरी दोस्रो चरणमा आयोजित राईस तथा आयल मिल उद्योगीहरुको भेलाले तारा राइस मिलका सूर्यबहादुर कार्कीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा जयसवाल राइस मिलका अशोक कलवार, सचिवमा श्रीकृष्ण राइस मिलका प्रेमलाल पाण्डे सदस्यहरुमा न्यू सुरज राइस मिलका भुवन श्रेष्ठ, न्यू भण्डारी राईस मिलका शंकर भण्डारी, मनिषा राइस मिलका जंगबहादुर मल्लाह र शिवशक्ती राइस मिलका गोविन्द पन्थ चयन भएका छन् ।
भेलाले समितिको सल्लाहकारमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, सहकोषाध्यक्ष बिशाल बेलबासे, पूर्व कार्यसमिति सदस्य सुरेन्द्र चौधरी, रमेशचन्द्र रेग्मी, उद्योगी खुमराज कंडेल, जागेश्वर पंगेनीलाई चयन गरेको छ ।
मिल व्यवसायी संघका संस्थापक अध्यक्ष खुमराज ढकालले शुभकामना मन्तव्य दिएका थिए । संघका द्वितीय उपाध्यक्ष, हरिबहादुर खत्रीको धन्यवाद ज्ञापनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष युवराज आचार्य र सहकोषाध्यक्ष विशाल बेलबासले आ—आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा संघका कार्यसमिति सदस्य राजु घिमिरे, अशोक कुँवर, चक्रपाणी तिवारी एवं सःमिल र राईस तथा आयल मिल उद्योगीहरुको उपस्थिति रहेको थियो ।