२०८१ श्रावण १२

पर्यटनको केन्द्र लुम्बिनी यस्ता छन लुम्बिनीका प्रर्यटकीय स्थल
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन ३, सोमबार ०८:५२ गते

बुटवल ।
संसारकै सुन्दर शान्ति भुमि गौतम वुद्धको जन्मभूमी लुम्बिनी रहेको लुम्बिनी प्रदेश नेपालको मात्रै नभएर संसारकै पर्यटकीय केन्द्र हो । लुम्बिनीको राम्रो सग विकास हुन नसक्नु र लुम्बिनीको महत्व विश्व समुदाय माझ राख्न नसक्दा पर्यटनको केन्द्र भएर पनि पर्यटन विकासमा महत्वपूर्ण योगदान हुन सकेको छैन ।
नेपालका सात प्रदेश मध्ये ५ औं नम्वरमा रहेको यस प्रदेशको नामाकरण भएको छ र नामाकरण यही शान्ति भुमि पवित्र स्थल लुम्बिनीको नामबाट राखिएको छ । यस प्रदेशमा १२ वटा जिल्ला रहेका छन । १२ वटै जिल्ला पर्यटनका दृष्टिले महत्वपूर्ण रहेका छन । रमणिय स्थलहरुले भरिएको यस प्रदेश पर्यटनको हिसावले सबैभन्दा अगाडी रहेको छ । हिमाल, पहाड र तराई मिलेर वनेको यस प्रदेशमा पर्यटन विकासका लागि ठोस रुपमा केन्द्र , प्रदेश तथा स्थानिय सरकारहरुले काम भने गर्न सकेका छैनन । पर्यटनका नाममा करोडौं बजेट सक्ने काम भएको छ तर उपलब्धी निकै कम भएको छ ।
पवित्र स्थल शान्ति भुमि लुम्बिनी आउनेहरुका लागि यस प्रदेशमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलका बारेमा जानाकारी भएमा वुद्ध जन्म स्थलसगै अन्य स्थलको भ्रमणमा पनि जोडिन सकिन्छ । यहा लुम्बिनीका तिनै महत्वपूर्ण स्थलहरुको चर्चा गरिएको छ ।
साविको लुम्बिनी अञ्चल पर्यटनको केन्द्रका रुपमा परिचित छ । यहा“का ६ जिल्लाको ऐ्तिहासिक महत्व स“गै पर्यटन गन्त्यब्यहरुको पहिचान र विकास गर्न स्थानिबासी भने अग्रसर हुदै आएका छन । रुपन्देहीको वुद्धजन्मभुमी लुम्बिनी होस् वा उनको मावली स्थल देवदह अन्तराष्ट्रिय महत्वका केन्द्र हुन । रुपन्देहीमा ऐतिहासिक तालहरुका अतिरिक्त अन्य पर्यटकीय स्थलहरुले समेत स्वदेशी तथा विदेशी पर्यटकको ध्यान खिच्ने गर्दछ । बुटवलको जीतगढी किल्ला, मणिमुकुन्द सेन उद्यान( बुटवल फुलवारी) रामापिथेकशको दाह्रा भेटिएको स्थल तथा सिद्धवावा धामले यहा“को महत्वलाई थप माथि उठाएको छ । त्यस्तै पर्रोहाको ऐतिहासिक सैनामैना गा“उ तथा पर्रोहा वोलवमधाम, नया“ गाउमा रहेको मुक्तिनाथ धाम ,रुपन्देहीकै गजेडी ताल यहा“का महत्वपूर्ण स्थल मानिन्छन ।
पर्यटकीय दृष्टिकोणले नवलपरासी पनि अग्रस्थानमा रहेको छ । नवलपरासीको त्रिवेणी, दाउन्ने, लगायतका स्थल महत्वपूर्ण मानिन्छन । त्यस्तै पाल्पा जिल्लामा ए्तिहासिक रानीमहल, श्रीनगर डा“डा, कपिलवस्तुका विभिन्न पर्यटकीय स्थलहरुको पहिचान सहित संरक्षण गरेमा पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वासमा यस क्षेत्रका सरकारी निकाय देखि नीजि क्षेत्रका सरोकारहरु रहेका छन । लुम्विनी आउने पर्यटकहरुलाई लुम्विनीका सबै जिल्लामा पुग्ने खालको वातावरण सिर्जना गर्न एकीकृत योजनाको खा“चो रहेकोमा उद्योगी व्यवसायीहरुको जोड छ ।

यी हुन महत्वपूर्ण स्थलहरु

वुद्ध जन्मभुमी लुम्विनी

लुम्विनीको मात्र हैन सिंगो नेपालको महत्वपूर्ण ऐतिहासिक स्थल हो शान्तिका अग्रदुत गौतम वुद्धको जन्म स्थल लुम्विनी । संसारभरका वौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्विनी भएकाले यो संसारकै महत्वपूर्ण पर्यटकीय स्थल हो । संसारभरको आ“खा पर्ने स्थल लुम्विनी रुपन्देही जिल्लामा पर्दछ । रुपन्देहीको सदरमुकाम भैरहवाबाट जम्मा २१ किलोमिटरको दुरीमा रहेको यस स्थानले लुम्विनीको गरिमा बढाएको छ ।

वुद्ध मावली देवदह

शान्तिका अग्रदुत गौतम वुद्धकी आमा मायादेवीको जन्मभूमि, वुद्धकी धर्मपत्नि यशोधराको जन्मभूमि र वुद्धलाइ लालनपालन गर्ने उनकी सानीआमा प्रजापति गौतमीको जन्मभूमि देवदह प्राचिन कोलीय गणराज्यको राजधानी हो । वुद्ध मावल आएका वेला यही दहमा पौडि खेल्ने , डुगामा सयर गर्ने ,जगंलको वीचमा पर्ने हुदा वुद्ध दहमा आएपछि रमाइलो गरेर पनि दिन विताउथे भनिन्छ ।
लुम्विनीको मात्र हैन नेपालकै महत्वपूर्ण स्थल अन्तराष्ट्रिय पर्यटकीय स्थल हो वुद्ध मावली देवदह । वुद्ध जन्मभुमि लुम्विनी जतिकै महत्वपूर्ण अन्तराष्ट्रिय पर्यटकिय स्थलको संभावना बोकेको रुपन्देहीको देवदह क्षेत्र वुद्धको जन्मभुमि लुम्विनीदेखि ३५ किलोमिटर उत्तरपूर्वमा रहेको देवदह बुटवलबाट जम्मा १४ किलोमिटरको दूरीमा पर्दछ । लुम्विनी विकास कोष ऐन ०४२ मा लुम्विनी भन्नाले देवदहलाइ समेत जनाउने स्पष्ट्र उल्लेख छ ।

जितगढी किल्ला र फुलबारी 

 

 

ऐतिहासिक तथा पुरातात्विक सेन बंशिय राजाको दरबार र विश्वमा सबै ठाउ जित्दै आएको अंग्रेजी फौजलाई परास्त गर्न सफल भएको जितगढि किल्ला बुटवलका मुख्य पर्यटकीय स्थल हुन । राष्ट्रिय तथा अन्तर्रष्ट्रिय महत्व बोकेको मणिमुकुन्द सेन उद्यान ( बुटवल फुलवारी) यसको नजिकमा रहेको जितगढि किल्लाको दिर्घकालिन गुरुयोजना बनाई विकास र संरक्षण गर्दै प्रचार गरेमा पर्यटकको औइरो लाग्नेमा दुइमत हुदैन । यीनको महत्व बुझेकाहरु स्वतस्फुर्त रुपमा आउने यस क्षेत्रका पर्यटन ब्यवसायीहरुको भनाइ छ । राज्यले नै राष्ट्रिय स्तरमा यसको संरक्षण र सम्र्बद्धनका लागि पहल गरी नेपाली विर पुरुषहरुले गरेको बलिदानी पुर्ण लडाईको सम्मान गर्नुपर्ने राय वुद्धिजीवीहरुको छ । पछिल्ला दिनहरुमा ऐतिहासिक एवं पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान फुलबारी पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । वि.स. १५७५ मा निर्मित सेनवंशीय राजा मणिमुकुन्दसेनको दरबारको भग्नावशेस यहा“ रहेको छ ।
वि.स. १८७१ म विश्व विजय गर्ने महत्वकांक्षा बोकेको शक्तिशालि अंग्रेज सेनालाई नेपाली फौजले परास्त गरेको ऐतिहासिक पृष्ठभुमि स“ग सम्बन्धित जीतगढी किल्ला तथा मणिमुकुन्द सेन उद्यान यस क्षेत्रकै लुम्बिनी पछिको पर्यटकिय गन्तव्य बन्दै गएको छ ।

मानव पुर्खाको अवशेष भेटिएको स्थान

 

 

 

मानव पुर्खाको अवशेष फेला परेको स्थान अर्को महत्वपूर्ण स्थल हो । बुटवल देखि ४ किलोमिटर उत्तरमा रहेको चुरे पहाडको खोचमा २०३७ सालमा एक करोड दशलाख वर्ष पुरानो मानव पुर्खाको अवशेष फेला परेको थियो । सिद्धार्थ राजमार्ग छेउ तिनाउ जलविद्युतको बा“ध क्षेत्र नजिकै ढुंगामा टासिएर रहेको अवस्थामा फेला परेको प्राचिन मानव अवशेष नेपाली र अमेरीकी संयुक्त अनवेषण टोलीले पत्ता लगाएको थियो । बुटवलमा फेला परेको सो मानव अवशेष विश्वकै दोश्रो प्राचिन मानवागुण भएको नरवानर रामापिथेकसको देब्रेपट्टीको माथिल्लो बंगारा भएको तत्कालिन अन्वेषण टोलिले पुष्टि गरि सकेको छ ।

पर्रोहा बोलवमधाम

 

धार्मिक केन्द्र वन्दै गएको छ रुपन्देहीको पर्रोहा स्थीत बोलबमधाम । पर्रोहाको शिवज्योतिर्लिङ्ग बोलबम धाम तथा यहा“का पुरातात्विक स्थलहरुको महत्व उजागार गर्न सके यस स्थानले पर्यटन विकासमा टेवा पु¥याउने विश्वास स्थानियको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीदखि करिब ४० किलो मिटर उत्तरपश्चिममा अवस्थित यो धाम लुम्बिनी पर्यटन चक्रका रुपमा रहेकाले यहा“का बासिन्दा लुम्वीनी आउने पर्यटकलाई पर्रोहामा पनि प्रबेश गराउने किसिमले पर्यटनको विकास हुनुपर्नेमा जोड दिन्छन ।

शंकरनगर वन बिहार

रुपन्देहीको शंकरनगर सामुदायीक वन ५७६ हेक्टरमा फैलिएको छ । यही बनको करिब ४५ विगाहा क्ष्ोत्रफलमा शंकरनगर वन विहार बनाइएको छ । त्यस्तै यहा“ २० विगाहा क्षेत्रफल चिडियाखानाका लागि छुट्टाइएको छ । वन बिहारमा विभिन्न खालका संरचनाहरु बनाइएको छ । यस केन्द्रमा रेशम खेती, प्राङ्गारिक मल उत्पादन, जडिबुटी विकास, जैविक विविधता, अन्तर्राष्ट्रियस्तरको विपशना ध्यान केन्द्र, बृहत शान्ति आश्रम, बिहार क्षेत्रभरको घुम्ती रेल, वन, वनस्पति अनुसन्धान केन्द्रलगायतका कार्यक्रम समावेश छन् ।

अर्घाखा“चीमा पर्यटनको चर्चा

 

पर्यटनको संभावना बोकेको जिल्ला अर्घाखा“ची पनि हो । अर्घाखा“ची ऐतिहासिक स्थलहरुको कारण पर्यटनको संभावना भएको जिल्लामा पर्दछ । यहा“को ऐतिहासिक स्थलमा पाणिनि तपोभूमि, सुपादेउराली मन्दिर, ऐतिहासिक अर्घा मन्दिर, बल्कोट स्थीत एतिहासिक पौवा, सततले गुफा, एतिहासिक नर्चनापुर नरपानी डा“डो, ठाडा दह, मथुरालगायतका स्थल यहा“का पर्यटकीय स्थल हुन ।

प्यूठान

प्युठानको स्वर्गद्धारी प्रदेश पाचका १२ जिल्लामध्ये ६ वटा पहाडी जिल्ला छन् । यो प्रदेशमा लुम्बिनी तराइका जिल्लामा परेपनि अन्य केही महत्वपूर्ण पर्यटकीय स्थल पहाडी जिल्ला पनि छन् । यस्तै मध्येको एक हो, प्यूठानको स्वर्गद्धारी । यो महाभारत श्रृङ्खलाको करिव २१ सय २२ मिटर अर्थात ६ हजार ९ सय ६० फिट उचाइमा पर्छ । परापूर्वकालमा ऋषिमुनिहरुले यसै ठाउँमा बसी जपतप गरेर स्वर्ग गएकाले यस स्थानको नाम स्र्वगद्धारी हुन गएको भन्ने कथन छ । यो ठाउँमा पुग्नको लागि दाङको घोराहीबाट यातायातको साधन पाइन्छ । स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । खासगरी धार्मिक पर्यटकहरु यहाँ धेरै आउने गर्छन् । धर्मसँगै पहाडको रमाइलो दृश्यावलोकन पनि गर्न सकिन्छ ।

पाल्पाको पर्यटन 

 

पर्यटनका हिसावले पाल्पाको आफ्नै महत्व रहेको छ । पाल्पाको भैरव मन्दिर, पाल्पाको ए्तिहासिक दरबारको महत्व एकातीर रहेको छ भने अर्कोतीर नेपालकै महत्वपूर्ण मानिएको रानीमहल महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । पाल्पाको श्रीनगरडा“डाको पनि महत्व उत्तिकै रहेको छ ।
ढाका, करुवा, मठ मन्दिर लगायत बिबिध कुरा बाट चर्चित रहेको एतिहासिक पाल्पा जिल्ला बिभिन्न किसिमका ताल तलैया बाट शोभायमान रहेको छ । पाल्पाको बिभिन्न भौगोलिक बनावटको रुपमा रहे्का तालहरुले पाल्पा लाई चर्चित बनाएको छ । कहि अग्लो पहाडको टाकुरामा धार्मिक महत्वको रुपमा, त कहि तिर्थ स्थलको रुपमा त कहि बिकासको रुपमा पाल्पाका ताल तलैयाहरु प्रयोग भएका छन ।

पर्यटनमा गुल्मीको चर्चा

 

ऐतिहासिक रेसुंगा डाडाले चर्चित गुल्मी जिल्ला पर्यटन विकासको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । गुल्मी जिल्लाको प्रबेशद्धार नै पर्यटकिय स्थल हो । कालिगण्डकीमा स्नान गर्न जाने धर्मालम्बीहरु तीन जिल्लाको संगमस्थल रिडिमा जाने गर्दछन । यही रिडिबाट गुल्मीको यात्रा शुरु हुन्छ । जिल्लामा प्राकृतिक तथा सांस्कृतिक पर्यटनको प्रचुर संम्भावना रहेको गुल्मीका ब्यवसायीहरुको ठहर छ । रुरु तथा रिडि क्षेत्र, तम्घास बजार, टिमुरे दह, रेसुंगा भ्यु टावर, चक्रेश्वर शिवालय, विचित्र गुफा, चारपाला दरवार, रुद्रबेणी घुम्न लायक स्थल हुन । जिल्लाको सदरमुकाम तम्घासको शिरमा रहेको रेसुंगा लेक यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थल हो । तम्घासबाट सबेरै सूर्योदयको मनोरम दृष्य हेर्न सकिन्छ । रेसुंगासम्मको यात्रा पनि रमाइलो लाग्ने गर्छ । चिसो सिरेटो र चराचुरुंगीको मिठो धुन यात्रामा सुन्न पाइन्छ । रेसुंगाबाट भारतको गोरखपुरसम्म देख्न सकिन्छ ।

पर्यटनमा नवलपरासी

 

 

नवलपरासी जिल्ला धार्मिक तथा ऐतिहासिक दृष्टिले पर्यटनमा अगाडी रहेको छ । यस जिल्ला हाल नवलपरासी पूर्व र नवलपरासी पश्चिम गरी २ जिल्लामा विभाजित छ । यी दुवै जिल्लाका विभिन्न धार्मिक, पर्यटकिय क्षेत्रको एकिकृत विकास भएमा यो क्षेत्र फस्टाउने विश्वास ती जिल्लाबासी गर्छन । त्यसो त यी जिल्लाका विभिन्न साना ठूला गरि ३० वटा पर्यटन पर्यटकिय क्षेत्र निर्धारण गरि झण्डै डेढ अर्व लागत पर्ने खालको योजना तत्कालिन साविकको जिविसले केही वर्ष पहिले नै निर्माण गरेको थियो । जिल्लाको रामग्रामस्तुप, त्रिवेणीधाम, शिवपुर गढि, दाउन्नेदेवी, कैलाश आश्रम, पाल्ही भगवती, मैलाकालिका, नारायणीधाम, देउचुली, मदारबाबा, कुमारवार्ति, देवदह, महलपोखरी, मुकुन्दपुर दरबार, नन्दनताल, नन्दभाउजु ताल, सिद्धिदात्री दुर्गामन्दिर, घुमाउरीघाट, बाबावर्दगोरिया, अकलादेवी, पण्डितपुर, लक्ष्मीनारायण मन्दिर, दिब्य नर्सिगँधाम, ठूलोपोखरी, कोलबृक्ष, देवीस्थान पोखरी, बडहरा शिवमन्दिर, लोहरौली ,जालिम शा मजार, हनुमान मन्दिर लगायतका स्थानलाई पर्यटकिय विकासका लागि योजना बनाइएको थियो । चितवन निकुन्जस“ग जोडिएको मध्यवर्ति सामुदायिक बन प्राकृतिक रुपमै पर्यटकिय क्षेत्र रहेको, गण्डक जलविद्युत क्षेत्र, गण्डक बाँध लगायतका क्षेत्र शैक्षिक पर्यटनका लागि पनि महत्वपुर्ण छन । त्यस्तै जिल्लाकै सबै भन्दा बढि नगदेबालीको रुपमा रहेको उखु बाली कृषि पर्यटन र पहाडी क्षेत्रको घोरल संरक्षण क्षेत्र समेत पर्यटनको सम्भावना बोकेको क्षेत्र रहेको छ ।

कपिलवस्तु तिलौराकोट

 

बिश्ब प्रसिद्ध पुरातात्विक स्थल तथा राजा शुद्धोदनको प्राचीन कपिलबस्तु तिलाराकोट लुम्बिनी देखि करिव २५ कि.मि पश्चिममा सदरमुकाम तौलिहवा देखि ३ किलोमिटर उत्तरमा पर्दछ । शान्तिका अग्रदुत गौतम बुद्धको क्रिडास्थल तिलौराकोट ऐतिहासिक स्थल हो ।
बुद्धले २९ बर्ष व्यतित गरेको तिलौराकोट दरवार १७ सय फिट लम्बाई र १३ सय फिट चौडाई भएको यो क्षेत्र ३२ देखि ३५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । वरिपरी तारबार लागेको छ् भने वास्तु अवशेषमा नचढनुहोला लेखिएको पनि छ राजा शुद्धोधनका पुत्र गौतम बुद्धले यसै ठाउ“बाट सन्यास लिन हिडेका थिए र तिलौराकोट नै राजधानीको रुपमा थियो भनेर इतिहासकार र पुरातत्वबिद् बताउछन्

युद्धभुमि रोल्पा अब पर्यटकको रोजाइमा

 

 

दशवर्षे माओवादी जनयुद्धको उद्गमस्थलका रुपमा लुम्विनी प्रदेशको रोल्पालाई चिनिन्छ । तत्कालीन माओवादीले रोल्पाकै होलेरी प्रहरी चौकी आक्रमण गरी जनयुद्ध घोषणा गरेको थियो । जनयुद्धमा रोल्पालाई नै केन्द्र बनाएर माओवादीले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको थियो । जनयुद्धका गतिविधि बढी भएको रोल्पाले थुप्रै नेताहरु समेत उत्पादन गरेको छ । नन्दबहादुर पुन, कृष्णबहादुर महरा , वर्षमान पुन , ओनसरी घर्ती, जयपुरी घर्तीलगायतका नेता रोल्पाका हुन ।
रोल्पा जनयुद्धको भुमि भएका कारण यहा हेर्न जान चाहने पर्यटकहरुका अतिरिक्त प्राकृतिक तथा धार्मिक हिसावले पनि रोल्पामा पर्यटक आकर्षित गर्न सकिने अवस्था छ । धार्मिक तथा प्राकृतिक हिसावले कुरा गर्दा जलजला, जुगाँरको शिवगुफा, रुन्टी, गढीलेक, होलेरीको शिवपार्वती गुफा, खुंग्रीको शिव पञ्चायन तथा त्रिवेरेश्वरी मन्दिर, खुंग्रीकोट दरबार, लिबाङको शिव मन्दिर, बाइसे चौबीसे राज्य हुँदा राजा बसेको विभिन्न कोतहरु यस्ता थुप्रै धार्मिक तथा पुरातात्विक सम्पदाहरु छन् भने सुनछहरी झरना, गामको बिबाङ दह, थबाङ, होलेरी क्षेत्र, सातदोबाटो, घोडागाउँ रातोमाटो, जेल्बाङ, उवा आदि प्राकृतिक हिसावले निकै मनमोहक छन् । युद्ध पर्यटनका हिसावले तत्कालीन जनयुद्धका समयमा भएका थुप्रै लडाईस्थलहरु, जनसेनाका तालिम केन्द्रहरु, गुरिल्ला ट्रेकिङ क्षेत्र, पहिलोपटक प्रहरी चौकी आक्रमण गरी जनयुद्ध सुरु भएको घोषणा गरिएको होलेरी क्षेत्र, घोर्नेटी अस्पताल, जनसेनाको क्यान्टोनमेन्ट रहेको दहबन, उँघा, तिला, त्यस्तै दारबोट, घामतारा तालिमस्थल, प्रचण्ड लामो समय बसेको राङ्सी डाँडागाउँ (जुन घरलाई हेलिकप्टरले हानेर छियाछिया बनाएको अहिले पनि देख्न सकिन्छ ।), गुम्चाल, भाबाङ, फुन्टिबाङ, सुकिदह इरिबाङ, जिनाबाङको मनिमारे, परिवर्तन गाउँपालिकाको बागमारा यस्ता थुप्रै स्थानहरुमा अहिले पनि जनयुद्धका केही न केही अवशेष देख्न सकिन्छ ।

बाके 

 

 

बाके जिल्ला पर्यटकीय दृष्टिले अर्को महत्वपूर्ण जिल्ला हो । यहा धार्मिक पर्यटन देखि जैविक, प्राकृतिक, जीवजन्तुबाट पर्यटन आकर्षण गर्न सकिन्छ । बाँके राष्ट्रिय निकुञ्ज, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, गुरुद्वारा, सरस्वती मन्दिर, बागेश्वरी मन्दिर, जुँगेश्वर महादेवको मन्दिर, रानी तलाउ, कोहलपुर गोलपार्क, सिक्टा आदि पर्यटकीय गन्तव्य हुन ।
बागेश्वरी मन्दिर
प्रदेशको अर्को धार्मिक स्थल हो बाकेको नेपालगञ्जस्थित बागेश्वरी मन्दिर । नेपालगञ्ज आफैमा पुरानो ऐतिहासिक सहर र हिन्दुधर्ममा यो मन्दिरको आफनै महत्व छ । यहाँ सतिदेवीको जिब्रो पतन भएको विश्वास रहेको छ । यो स्थानमा सर्वप्रथम किन्नरहरू आइ आराधना गरेको कथन छ । एउटा ठूलो तलाउको किनारमा अवस्थित यो मन्दिरमा पूजा गर्न छिमेकी मुलुक भारतबाट मानिसहरु आउने गर्दछन् ।

राष्ट्रिय निकुञ्ज

 

 

नेपालगन्जदेखि १६ किलोमिटर र कोहलपुर नगरपालिकासग जोडिएको बाके राष्ट्रिय निकुञ्ज पाटेबाघको संख्याका आधारमा तेस्रो नम्बरमा पर्छ । नेपालगन्जबाट सार्वजनिक बस, अटो रिक्सा, जिपबाट निकुञ्जमा सजिलै पुग्न सकिन्छ । कोहलपुरसग जोडिएको यो निकुञ्ज विशेष गरी पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २८ असार, २०६७ मा स्थापना भएको हो । कूल ५५० वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।
निकुञ्जमा जैविक, प्राकृतिक, जीवजन्तुबाट पर्यटन आकर्षणको सम्भावनासगै सीमसार क्षेत्र, डाडाकाडा, खोला–नदीनालालक्षित पर्यटन विस्तार भएको छ । जंगलभित्र बाटो पत्ता लगाउन संकेत निर्माणसमेत गरिएको छ । वन्यजन्तु संरक्षण र पर्यापर्यटनका लागि बाके राष्ट्रिय निकुञ्ज एउटा राम्रो थलो बनेको छ । वन्यजन्तुको अवलोकन, मनोरञ्जन र स्वच्छ वातावरणमा रमाउन खोज्ने पर्यटकका लागि बाँके निकुञ्ज राम्रो गन्तव्य पनि बनेको छ ।

बर्दिया

 

 

पर्यटकीय दृष्टिले बर्दिया जिल्ला पनि महत्वपूर्ण रहेको छ । यहाको बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाइमा पर्दै आएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा, गोही, गैडा, जंगली हात्ती, बाघ, विभिन्न चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ । त्यस्तै चिसापानी पुल, ठाकुरद्वारा यहाँका पर्यटकीय गन्तव्य हुन् ।

राष्ट्रिय निकुञ्ज

 

 

प्रदेश नम्बर पाँचको सबैभन्दा ठूलो निकुञ्ज हो, बर्दिया राष्ट्रिय निकुञ्ज । पर्यटन तथा जंगल सफारीका लागि यो निकुञ्ज एक विशेष गन्तव्य हो । बर्दिया राष्ट्रिय निकुञ्ज विशेषगरी पाटेबाघ, गैँडा, हात्ती, संरक्षित कृष्णसार र गोहीका लागि परिचित छ । राष्ट्रिय निकुञ्ज सँगसँगै बबई उपत्यका, कर्णाली नदी, खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्र, थारु समुदायको परम्परा तथा होमस्टे पनि बर्दियालाई परिचित गराउने ठाउँ हुन् । कर्णाली र बबई नदीको केही भाग यस निकुञ्चमा पर्छ । निकुञ्जमा चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।

रुकुम पूर्व

 

 

सिस्ने हिमालले सुन्दर लुम्विनी प्रदेशको रुकुम पूर्व पनि पर्यटनको राम्रो संभावना बोकेको जिल्ला हो । प्रदेश नम्बर ५ को सबैभन्दा अग्लो हिमाल सिस्ने हिमाल रुकुममा पर्छ । गुरिल्ला ट्रेक, रुक्मिनीताल, ढोरपाटन सिकार आरक्ष यार्सागुम्वा आदिका लागि पूर्वी रुकुम प्रसिद्ध रहेको छ ।
यस जिल्लामा सिस्ने हिमाल उत्तरी सिमानामा अवस्थित रमणीय एवम् सुन्दर हिमाल छ । ५ हजार ८ सय ४१ मिटर उचाईको यस हिमालालाई स्थानीय भाषामा मुर्कट्टा हिमाल भनिन्छ । यो हिमाल कान्जिरोवा हिमश्रृंखला अन्तर्गत पर्दछ ।

दाङ

प्रदेशको तय भएको स्थायी राजधानी मध्ये धेरै जसो भाग दाङ जिल्लामा पर्दछ । दाङ जिल्ला प्रदेशको राजधानी भन्दा पनि यहाको पनि आफ्नै खालको विशेषता रहेको छ । यहा धार्मिक पर्यटकीय स्थल रहेका छन । त्यस्तै उपत्याकाका हिसावले पनि दाङ महत्वपूर्ण रहदै आएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ५ मा अवस्थित धारपानी धाम यहाको धार्मिक पर्यटकीय स्थल हो । पाण्डवेश्वर मन्दिरको नामले पनि चिनिने धारापानीधाम शहरी क्षेत्रदेखि नजिकै पर्ने भएकाले पर्यटकको रोजाइमा पर्दै आएको छ । यस धाममा सुन, चाँदी, पितल, तामा र फलामबाट तयार गरिएको मुलुककै अग्लो भनिएको त्रिशूल स्थापना गरिएको छ । पश्चिम क्षेत्रकै एक चर्चित धाम हो रिहार । यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । यो धामको अवलोकलन गर्न भारतको उत्तरप्रदेशबाट ठूलो मात्रामा पर्यटकहरु आउने गर्छन । देउखुरी उपत्यका, बाह्रकुने दह, पुरुनधरा झरना, चमेली गुफा, जखेरा ताल, भारपानी, तरुनी दह आदिको लागि प्रसिद्ध छ दाङ ।