२०८१ श्रावण १२

शान्ति नमुनामा खेल सप्ताह जारी
  • लुम्बिनी खोज
  • २०८० माघ २३, मंगलवार ११:५२ गते

रूपन्देही, २३ माघ ।
रूपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत मंगलबार पनि विभिन्न क्षेत्रका खेल भएका छन् । जुनियर १–३, सेक्टर २ (४–५), ६ देखि ९ कक्षामा विभिन्न कार्यक्रम भइरहेका हुन् ।
दोस्रो दिनको खेलमा ६–९ तर्फका २०० मिटर र ४०० मिटर दौड, म्याथमेटिकल दौड, ब्याडमिन्टन,चेस, टेबल टेनिस, सट पुट लगायतका खेल सम्पन्न भएका छन् ।
आज भएको चेसको फाइनलमा कक्षा नौका शिशिर बस्याल प्रथम, कक्षा सातका उत्सव खरेल द्वितीय र कक्षा नौका पवन काफ्ले तृतीय भएका छन् ।
यस्तै शिक्षकहरुबीच भएको कुर्सी दौडमा जनुका रेग्मी प्रथम, गोमता ढकाल द्वितीय र गीता पन्थी तृतीय भएको प्रतियोगिता संयोजक सीता गौतमले जानकारी दिइन ।
जुनियर तर्फ प्लेट दौड, १०० मि दौड छात्र–छात्रा, थ्री लेग रेस, मिठाई दौड, शुज रेस, मेमोरी टेस्ट, हट पोट्याटो, बलुन ब्रष्ट, स्पुन रेस, ब्याग रेस र म्याथमेटिकल रेस लगायतका खेलहरु भएको प्राथमिक तह इन्चार्ज बसन्ती भण्डारीले जानकारी दिइन ।
यस्तै कक्षा कक्षा ११ र १२ तर्फ सटपुट, फुटबल, ब्याडमिन्टन, हाइजम्प, लङ्गजम्प, १०० मिटर दौड लगायतका प्रतियोगिता सम्पन्न भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिए ।