२०८१ श्रावण १२

संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त
  • लुम्बिनी खोज
  • २०८० माघ २३, मंगलवार १२:२८ गते

काठमाण्डौं २३ माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गरेका छन्।
महासचिवबाट डा. भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेयलाई सिफारिस संविधानको धारा १०६ को उपधारा १ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सिफारिस गरेका थिए।

पाल्पाको रिब्दीकोट गाउँपालिका–१ का पाण्डेय आज मंगलबारदेखि लागू हुने गरी पदमा नियुक्त भएका हुन्।