२०८१ श्रावण १२

नेप्से झण्डै ५ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० माघ २४, बुधबार १०:३३ गते

बुटवल २४ माघ ।
सेयर बजार परिसूचक नेप्से बुधबार झण्डै ५ अंकले बढेको छ । आज नेप्से ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा कायम भएको छ।
आज विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता सेयर दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ बराबरको कारोबार भएको छ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. २४ करोड ८२ लाख ६८ हजार ३८ बराबरको तीन लाख ५४ हजार दुई सय ५८ कित्ता सेयर किनबेच भएको छ।