२०८१ श्रावण १२

बुटवलमा १ लाख राशीको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८० माघ २४, बुधबार १४:२९ गते

 

बुटवल२४ माघ ।
विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न भोलि बिहीबार देखि बुटवल उपमहानगरपालिकाले अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु हुँदैछ।

माघ २५ गते बिहीबारदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।

प्रतियोगिताको बिहीबार बिहान ११ बजे देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन खेल न्यु होराइजन मावि र तिलोत्तमा माविका बीचमा मध्यान्ह १२ बजे फिफा टेक्निकल सेन्टरको मैदानमा हुने छ। यस्तै बिहीबार नै अक्सफोर्ड मावि र त्रिभुवन युनाइटेड, कालिका मानवज्ञान मावि र बुटवल माविका बीचको खेल फिफा टेक्निकल सेन्टरमा हुनेछ। बिहीबार नै जवई खेल मैदानमा सरस्वती मावि र ज्ञानपुञ्ज मावि, नवीन औद्योगिक र बुटवल ग्लोरीका बीचमा खेल शुरु हुनेछ।
खेलकुदलाई प्रभावकारी र व्यवस्थित, भब्य र सभ्य रुपमा संचालन गर्नको लागि बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाको नेतृत्वमा रहेको मूल समितिले विभिन्न उप समितिहरु गठन गरेको छ । जसको सह संयोजकमा शेर जङ गुरुङ रहेका छन् । म्याच कमिशनारमा पुर्व फुटबल खेलाडी बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, सचिवमा लालहरि पाण्डेय, खेलाडी प्रमाणीकरण तथा अनुगमन उप समितिको संयोजक हेमराज आचार्य, स्वागत तथा अतिथि सत्कार उपसमितिको संयोजकमा गंगा पन्थी, सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा कपिला ज्ञवाली, शिल्ड तथा प्रमाणपत्र व्यवस्थापन उपसमितिको संयोजकमा प्रेम बहादुर बस्नेत, फिल्ड व्यवस्थापन उपसमितिको संयोजकमा यम प्रसाद गुरुङ, खेल मुल्यांकन तथा जुरी व्यवस्थापन उपसमितिको संयोजकमा मोहन घले, खाजा तथा खाना व्यवस्थापन उप समितिको संयोजकमा घनश्याम श्रेष्ठ (उदय), मन्च व्यवस्थापन उपसमितिको संयोजकमा मनमोहन गुवाजु, प्रचारप्रसार उपसमितिको संयोजकमा सि.पी. खनाल, स्वयंसेवक सुरक्षा तथा ट्राफिक व्यवस्थापन उपसमितिको संयोजकमा सुजन पुन, प्राथमिक स्वास्थ्य उपचार उपसमितिको संयोजकमा हरि पाण्डेय र उद्घाटन, मार्च पास तथा समापन व्यवस्थापन उपसमितिको संयोजकमा सितु प्रसाद श्रेष्ठ रहेका छन् । उक्त प्रथम मेयर कप छात्र नकआउट फुटवल प्रतियोगितामा सामुदायिक१५ तथा संस्थागत१३ विद्यालयहरुबाट गरी २८ टीमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए।
उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन्।