२०८१ श्रावण १२

नेप्से सामान्य अंकले बढ्यो, ३ अर्ब २१ करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८० माघ २५, बिहीबार १०:२३ गते

बुटवल २५ माघ ।
साताको अन्तिम कारोबार दिन आज बिहिवार नेप्से परिसूचक ५.७४अंकले बढेको छ। आज नेप्से ५.७४ अंकले बढेर दुई हजार ९६.७४ विन्दुमा पुगेको छ।
९१ लाख ७१ हजार कित्ता सेयर तीन अर्ब २१ करोड २२ लाख ८३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।
आज ८२ कम्पनीको मूल्य घट्दा एक सय ५७ कम्पनीको मूल्य वृद्धि भएको छ। यस दिन समाज लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज हिमालय रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। कम्पनीको १८ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।