२०८१ श्रावण १२

अपहरित बालबालिकाको उद्धार
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन ७, शनिबार १६:२६ गते

बुटवल ७ फागुन । आफन्त बाटै अपहरणमा परेका रुपन्देहीको सैनामैनाका दुई बालबालिकालाई रुपन्देही प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ ।
फागुन ५ गते विहान ९ बजे देखि सम्पर्क विहिन भएका सैनामैना वडा न.६ बस्ने पुष्पा दाहालका एक छोरी एक छोरा लाई शुक्रबार दिउसो झापाको विर्तामोडबाट उद्धार गरेर रुपन्देही ल्याईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक मनोज केसीले जानकारी दिए ।
घटनामा संलग्न अभियुक्त खिम बहादुर पौडेलाई पक्राउ गरी अदालतमा म्याद थप गरे अनुसन्धान प्रकृया सुरु गरेको केशीले बताए । उद्धार गरिएका १२ वर्षिय प्रसिद्ध दाहाल र ९ वर्षिय प्रशन्न दाहाल छन् । प्रहरीको संरक्षणमा रहेका उनिहरुलाई अभिभावकको जिम्मा लगाउने प्रहरीले जानकारी दिएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना गरि अपहरण घटनाको बारेमा प्रहरीले जानकारी गराएको छ । अपहरणकारी पौडेलले स्कुल जादै गरेका दुई बच्चालाई स्कुल बसलाई बाटोमै रोकेर फोटो खिचाउन लैजानु छ भनि लिएर गएका थिए ।
बिहिबार विहान ८ ः४० बजेको स्कुल समयमा सैनामैना ४,मुर्गियामा रहेको प्रभात आवसीय बोर्डिङ स्कुलमा अध्ययनका लागी पठाएका बालबालिको साँझ सम्म पनि घर नआएपछि तत्काल खोजकार्य पाउँ भन्दै इलाका प्रहरी कार्यालय रन्यौरामा अभिभावकले निवेदन दिएका थिए ।