२०८१ श्रावण १२

एक खेल अगावै नेपालले जित्यो क्यानाडाविरुद्धको श्रृंखला
  • लुम्बिनी खोज
  • २०८० माघ २७, शनिबार १३:४० गते

काठमाण्डौं २७ माघ ।
एक खेल अगावै नेपालले क्यानाडाविरुद्धको श्रृंखला जितेको छ । लगातार दोस्रो जितसँगै घरेलु टोली नेपालले क्यानाडाविरुद्ध तीन खेलको शृंखला एक खेलअघि नै जितेको हो। आज भएको दोश्रो खेलमा नेपालले क्यानाडालाई ४ विकेटले हराएको छ।
आजको खेलसँगै नेपालले तीन खेलको शृंखला २–० ले अग्रता बनाएको छ। अन्तिम खेल सोमबार हुनेछ। क्यानाडाविरुद्धको पहिलो खेल नेपालले ७ रनले जितेको थियो।
आजको दोश्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।