२०८१ श्रावण १२

सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्नेमा नेता खनालको जोड
  • लुम्बिनी खोज
  • २०८० माघ २७, शनिबार १४:१५ गते

पोखरा २७ माघ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रचण्ड नेतृत्वको सरकारबाट जनताले धेरै आशा र अपेक्षा गरे पनि कुनै काम हुन नसक्दा जनतामा निराशा छाएको बताएका छन्। उनले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन कास्कीले शनिबार पोखरामा गरेको पत्रकार भेटघाटमा उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको बताए। नेता खनालले जनताका आधारभूत समस्या छुने गरी सरकारले काम गर्नुपर्ने बताए ।
सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गरे । अहिलेको बाटो यथास्थितिको भएकाले यसको परिवर्तन सम्भव भएकाले राजनीतिक पार्टीहरुले नयाँ ढङ्गले सिंहावलोकन गर्नुपर्ने उनले बताए ।

नेपालको कम्युनिष्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उनको भनाइ थियो ।नेता खनालले सही कार्यदिशा भएका खण्डमा कम्युनिष्ट आन्दोलन पुनःएकताबद्ध हुने उल्लेख गरे ।