२०८२ पुष १

नेप्से १० अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० माघ २८, आईतवार १३:३१ गते

बुटवल २८ माघ ।
सेयर कारोबार मापक नेप्से परिसूचक आज १० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.५० अंकले ओरालो लागेको छ । सो अंकको कमीपछि आज नेप्से २०८५.८२ अंकमा कायम भएको छ ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर मूल्य उकालो लाग्दा १० उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ।

विभिन्न कम्पनीका एक करोड पाँच लाख ७१ हजार एक सय ९९ कित्ता सेयर रु. चार अर्ब आठ करोड ५६ लाख ७८ हजार चार सय ७२ मूल्यमा खरिद–बिक्री भएका छन्।