२०८१ श्रावण १२

क्यानडाविरुद्ध नेपालको ‘क्लिन स्विप’
  • लुम्बिनी खोज
  • २०८० माघ २९, सोमबार १२:२० गते

 

काठमाण्डौं २९ माघ ।
नेपालले क्यानडामाथि सहज जित निकाल्दै घरेलु मैदानमा तीन खेलको एकदिवसीय सिरिजको च्याम्पियन बनेको छ । नेपालले घरेलु मैदानमा क्यानडालाई ३–० ले पराजित गर्दै सिरिज च्याम्पियन बनेको हो । तेस्रो खेलमा नेपालले क्यानडालाई नौ विकेटले हराएसगै नेपालले क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला ‘क्लिन स्विप’ गरेको हो । नेपालले पहिलो खेल सात रन र दोस्रो खेल सात विकेटले जितेको थियो ।