२०८१ श्रावण १२

कपिलवस्तु बस दुर्घटनामा दश जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ३, बिहीबार ११:२९ गते

कपिलवस्तु ३ फागुन ।
कपिलवस्तुको शिवराज नगरपालिका– १ सुरही पुलनजिकै गएराति भएको बस दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृतकमा रौतहट औराही– ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजंग गण गोरुसिंगेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भीमदत्त नगरपालिका– १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त– ४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनर्वास नगरपालिकाका किन भट्ट रहेका छन् ।
त्यस्तै, भीमदत्त नगरपालिकानिवासी खगेश्वरी खाती, भीमदत्त– २ का सुदीप भट्ट र पुनर्वास– ९ का बिसफाटाकी विमलादेवी भट्टको पहिचान खुलेको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु.प. प्र.०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस गएराति सडकबाट तल खसेको थियो।
दुर्घटनामा ३० जना घाइते भएका छन् ।