२०८१ श्रावण १२

नेप्से २७ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ६, आईतवार १२:३३ गते

बुटवल ६ फागुन ।
सेयर कारोबार मापक नेप्से परिसूचक आज २७.२१ अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २७.२१ अंकले ओरालो लागेर दुई हजार ३४.८२ मा सीमित भएको हो।
कारोबार भएका कुल १३ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ। कुल एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता सेयर रु. तीन अर्ब ७७ करोड ५४ लाख २२ हजार एक सय ९६ मूल्यमा कारोबार भयो।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु. ४० करोड ९० लाखबराबरको कारोबार भयो।