२०८१ श्रावण १२

बेलायतका मन्त्रीलाई बुटवलमा स्वागत
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ७, सोमबार ११:५१ गते

बुटवल ७ फागुन ।
बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेललाई बुटवलमा स्वागतगरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले उनलाई स्वागत गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे अवलोकन तथा जानकारी लिने उद्देश्यले आएका मिचेलले मुख्यमन्त्री चौधरी र नगर प्रमुख पाण्डेयसँग भेटेर यहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । सो अवसरमा चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको बारेमा जानकारी गराएका थिए भने उपमहानगर प्रमुख पाण्डेयले बुटवलले माृतस्वास्थ्य र शिशुस्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु अगाडि सारेको बताएका थिए।
सो अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अंग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहको बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्वीर मायाको चिनोस्वरुप प्रदान गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार मिचेलले लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्यमन्त्री राजु खनाल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसँग भेटघाट गर्ने कार्यतालिका रहेको थियो।