२०८१ श्रावण १२

राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी अन्तिम चरणमा
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ९, बुधबार ०८:२७ गते

 

बुटवल

बुटवलमा आयोजना गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी अन्तिम चरणमा पुगेको कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणमा सहयोग पुर्याउनको लागि बुटवल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबार देखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० गर्न लागिएको हो

बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सम्पादन समितिले मंगलबार मेला स्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गरी मेलाको तयारी पुरा भएको जानकारी गराएको हो पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले  कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणमा सहयोग पुर्याउन राष्ट्रिय प्राङ्गारिक कृषि मेला आयोजना गरिएको बताए

पाँचदिनसम्म सञ्चालन गरिने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिईने त्यस्तै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धती अपनाउन कृषकहरुलाई जागरुक बनाउने, उपभोक्तामा प्राङ्गारिक कृषि उपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने विश्वास गरिएको

कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार मेशिनरी सम्बन्धी जानकारी गराईने असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यजन्य बस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पुर्याउने पनि विश्वास गरिएको अर्यालले बताए

उनका अनुसार कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरुको पहिचान प्रवद्र्घन, कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री बितरणमा भएका उपलब्धीको जानकारी गराईने

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रबिधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल, प्राङ्गारिक असल खेती अभ्यास, कृषिजन्य बस्तुको विक्रि वितरण, जिवनाशक विषादि प्रयोग प्रभाव विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास उपलब्धी, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना चुनौती तथा कृषि बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिने त्यस्तै कृषिसंग सम्बन्धित प्रतियोगिताहरु कृषिसंग सम्बन्धित सांस्कृति सांगितक कार्यक्रम प्रस्तुत गरिने

त्यस्तै मेलामा मोटो परीक्षण तथा बाली परीक्षण शिविर सञ्चालन गरिने छ । किसानका लागि यी दुई शिविरलाई विशेष प्राथमिकता दिईएको संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । गैरनाफामुलक रुपमा आयोजना गरिएको मेलामा करिव एक सय स्टल रहने र २० हजारले अवलोकन गर्ने अपेक्षा लिईएको आयोजकले बताएका छन्  । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष विश्वास ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष वालकृष्ण चापागाईले मेलालाई उपलब्धिमुलक बनाउन सुझाव दिँदै पत्रकारिताको क्षेत्रबाट पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए  ।