२०८१ श्रावण १२

नामिबियासँग नेपाल दुई विकेटले पराजित
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ९, बुधबार १०:३७ गते

काठमाण्डौं ९ फागुन ।
नामिबियासँग नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा दुई विकेटले पराजित भएको छ । नामिबियाले बुधबार भएको चौथो खेलमा घरेलु टोली नेपाललाई दुई विकेटले हराएको हो।
त्रिवि क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रनको योगफल बनाएको थियो।
प्रत्युत्तरमा नामिबियाले ४० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो । जितसँगै नामिबियाले तीन खेलबाट चार अंक बटुलेको छ । नेपालले तीन खेलबाट दुई अंक जोडेको छ। नामिबिया शीर्ष स्थानमा छ।