२०८१ श्रावण १२

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा सम्वोधन गर्ने
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ९, बुधबार ११:२८ गते

 

बुटवल, ९ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन् ।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार यही फागुन १९ गते दिउसो १ बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्वोधन गर्ने तय भएको छ ।
प्रधानमन्त्रीसग बुधवार लुम्बिनीका मुख्यमन्त्री डिल्लिबहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरले भेट गरेका थिए । भेटमा लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो । लुम्बिनी प्रदेश सभाको यही फागुन १८ गते देखि हिउदे अधिबेशन सुरु हुँदै छ ।