२०८१ श्रावण १२

संसदका समितीका सदस्य र सचिबहरुका लागि अभिमुखीकरण कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १३, आईतवार १३:२५ गते

बुटवल १३ फागुन।
लुम्बिनी प्रदेश सभाका विषयगत समितीका सदस्य र सचिबहरुको लागि प्रभावकारी समिती संचालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानी सम्बन्धि अभिमुखीकरण कार्यक्रम बुटवलमा सुरु भएको छ ।
प्रदेश सभा सचिवालयको सहकार्यमा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको आयोजनामा आजदेखी सुरु भएको अभिमुखीकरण दुई दिन सम्म जारी रहने छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अभिमुखीकरण कार्यक्रमले विषयगत समितीलाई प्रभावकारी रुपमा काम गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।उनले सभा बैठक संचालन नभएको अवस्थामा पनि प्रदेश सभालाई गतिशील बनाउन विषयगत समिती क्रियाशिल हुन जरुरी रहेको बताए । अधिकाश कानुन पुराना निकै भद्दा भएकाले यस्लाई समष्टिगत रुपमा परिमार्जन गरि सरलीकृत गरिनु पर्ने आवश्यक रहेको पनि उनले बताए। अभिमुखिकरण कार्यक्रममा नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारी , संविधान सभा सदस्य बरिष्ठ अधिबक्ता खिमलाल देवकोटा, वरिष्ठ अधिबक्ता संविधान सभा सदस्य कृष्णभक्त पोख्रेल, संविधान सभा सदस्य तथा पुर्ब उप सभामुख पुष्पा भुसालले सहजीकरण गर्ने आयोजकले जनाएका छन् ।