२०८१ श्रावण १२

विश्वकप लीग २ मा नेपालको तेस्रो हार
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १३, आईतवार १४:०० गते

काठमाण्डौं १३ फागुन ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।
घरेलु मैदानमा खेलेको चार खेलमा नेपालले एक मात्र जित हात पारेको थियो। नामिबियासँग दुवै खेल गुमाएको नेपालले यसअघिको खेलमा नेदरल्यान्ड्सविरुद्ध एक खेलमा मात्र जित पाएको थियो।
आज नेपाली टोली तीन बल खेल्नुअगाडि १७२ रनमा अलआउट हुन पुग्यो। जबाफमा आएको पाहुना टोलीले ३७.५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।