२०८१ श्रावण १२

नेपाली क्रिकेटरले मासिक तलब कति पाउछन् ?
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १४, सोमबार १२:१९ गते

पुरुषले २५ हजारदेखि एक लाख सम्म, महिलाले २० हजार देखि ५० हजारसम्म
काठमाण्डौं १४ फागुन ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको वर्गीकरण गर्दै मासिक तलब तोकेको छ। पुरुष खेलाडीका लागि २५ हजार देखि एक लाख सम्म तलब तोकेको छ भने महिला खेलाडीका लागि २० हजार देखि ५० हजार सम्म पारिश्रमिक तोकिएको छ ।
फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले सन् २०२४ का लागि सेन्ट्रल कन्ट्रयाकमा रहेका महिला र पुरुष खेलाडीको वर्गीकरण गर्दै मासिक तलब तोकेको छ।
पुरुषतर्फ ग्रेड ‘ए’का खेलाडीले मासिक एक लाख रुपैयाँ पाउने भएका छन्। ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन्।
यसैगरी ग्रेड ‘बी’, ग्रेड ‘सी’, ग्रेड डी र इमर्जिङ क्याटागोरीका पुरुष खेलाडीलाई मासिक क्रमशः ७० हजार, ५५ हजार, ३५ हजार र २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको क्यानले जनाएको छ।
नयाँ ग्रेडिङअनुसार ग्रेड ‘बी’मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा तथा ग्रेड ‘सिी’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जिसी छन्।
पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ ग्रेड डीमा समावेश भएका छन्।
इमर्जिङ क्याटागोरीमा दीपेश कँडेल (कोसी), रुपेश सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन्।
महिला क्रिकेटरको मासिक तलब कति ?
क्यानले सेन्ट्रल कन्ट्रयाकमा रहेका महिला क्रिकेटरको पनि मासिक तलब तोकेको छ। महिलातर्फ ग्रेड ‘ए’मा रहेका इन्दु बर्मा, रुविना क्षेत्री र सीता रानामगरले अब मासिक ५० हजार रुपैयाँ पाउनेछन्।
यसैगरी, ग्रेड ‘बी’, ग्रेड ‘सी’, ग्रेड ‘डी’ र इमर्जिङ क्याटागोरीका खेलाडीले मासिक क्रमशः ३५ हजार, ३० हजार, २५ हजार र २० हजार रुपैयाँ पाउनेछन्।
‘बी’ क्याटागोरीमा कविता कुँवर, ‘सी’मा पूजा महतो र अश्मिना कर्माचार्य, ‘डी’मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल छन्।
सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविनलाई इमर्जिङ क्याटागोरीमा समावेश गरिएको छ।