२०८१ माघ १०
बुटवल १४ फागुन ।
सोमबार नेप्से परिसूचक १३.२८ अंक बढेको छ । केहीदिन यता लगातार घटेको शेयर बजार सोमबार बढेको हो । आज ०.६७ प्रतिशतले बढेको छ।
आज१९९२.३० अंकमा पुगेर सेयर परिसूचक रोकिएको हो ।
आज १६७ वटा कम्पनीको मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै घटबढ भएको छैन ।
सेयर सूचक बढ्दा कारोबार रकम भने २ अर्ब १ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, जम्मा ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच भएको छ ।