२०८१ श्रावण १२

नामिबियासँग नेपाल २० रनले पराजित
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १५, मंगलवार १३:२० गते

काठमाण्डौं १५ फागुन ।
टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा नामिबियाले नेपालमाथि २० रनको जित हासिल गरेको छ ।
दुई सय सात रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८६ रनमा अलआउट भएपछि नेपाल २० रनले पराजित भएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो ।