२०८१ श्रावण १२

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाःनेदरल्याण्ड्ससँग नेपाल पराजित
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १६, बुधबार १०:०१ गते

काठमाडौं १६ फागुन।
नेपाललाई दुई रनले पराजित गर्दै नेदरल्यान्ड्सले टी–२० आई त्रिकोणीय शृंखलामा विजयी भएको छ । नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले आठ विकेटको क्षतिमा एक सय ८२ रन मात्र बनाउन सक्यो ।
दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा भउको खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । तर तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए । अर्को बलमा ऐरी आउट भए ।
त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौं बलमा उनले १ लेगबाइ पाए पनि त्यो रनले नेपालको हार टार्न सकेन ।
टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।