२०८१ श्रावण १२

शेयर बजारमा २८.६८ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १७, बिहीबार १०:४१ गते

बुटवल १७ फागुन ।
साताको अन्तिम कारोबार दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से परिसूचक २८.६८ अंकले घटेको छ । अघिल्लो कारोबार दिन झिनो अंक घटेर बन्द भएको नेप्से, आज करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ।
नेप्से परिसूचक २८.६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२.०९ बिन्दुमा सिमित भएको छ।
आज कूल ७४ लाख ४६ हजार नौ सय ९१ कित्ता शेयर रू. दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ मूल्यमा कारोबार भएको छ।