२०८१ श्रावण १२

बुटवल उवासंघ स्थापना दिवसमा रक्तदान
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १०, मंगलवार ०८:०२ गते

बुटवल ९ फागुन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको स्थापना दिवसको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ । संघको ६९ औं स्थापना दिवसको अवसरमा सोमबार संघको सचिवालय परिसर बुटवलमा रक्तदान गरिएको हो ।
निजी क्षेत्रको यस क्षेत्रकै सबैभन्दा पुरानो संस्था बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते स्थापना भएको थियो ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी सदस्य, सुभेच्छुकहरुले रक्तदान गरेको संघका कार्यसमिति सदस्य तथा स्थापना दिवस विशेष कार्यक्रमका संयोजक प्रकाश श्रेष्ठले जानकारी गराए । कार्यक्रममा आएर रक्तदान गर्नेहरुलाई संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले धन्यवाद व्यक्त गरे । त्यसै अवसरमा संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजु लायन्स प्रथम भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित ु भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
स्थापना दिवसको अवसरमा आईतबारदेखि नै सचिवालयमा दीपावली गरेको संघले मंगलबार विशेष कार्यक्रम गर्दैछ । संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीका अनुसार आईतबार, सोमबार र मंगलबार तीन दिन संघ सचिवालयमा दीपावली गरिने छ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको आतिथ्यतामा हुने कार्यक्रममा पूर्वअध्यक्षहरुबाट जीवनप्रसाद वझालाई सम्मान गरिने संघले जनाएको छ । स्थापना दिवसको अवसरमा संघले प्रत्येक वर्ष पूर्वअध्यक्षबाट १ जनालाई सम्मान गर्दै आएको छ । बुटवलका उद्योगी व्यवसायी वझा २०५३–२०५५ सम्म संघको अध्यक्ष भएका थिए ।
स्थापना दिवसकै अवसरमा बुटवल माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्रि प्रदान गरिने छ भने बुटवल बालमन्दिरमा अध्ययन गर्ने वालबालिकालाई शैक्षिक तथा खेलकुदका सामाग्रि र दिवा खाजा (खाद्यान्न) प्रदान गर्ने कार्यक्रम तय गरिएको महासचिव बिमलराज भट्टराईले बताए ।