२०८१ श्रावण १२

दुग्ध उत्पादक किसान आन्दोलनमा
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १७, बिहीबार १२:२६ गते

 

बुटवल, १७ फागुन ।
दुग्ध उत्पादक किसानहरुले बिहिजार देशका विभिन्न स्थानमा बिरोधका कार्यक्रम गरेका छन् । बिरोध कार्यक्रमका क्रममा बुटवलमा पनि प्रर्दशन गरेका छन् ।
सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान र अन्य ठुला नीजी डेरी व्यवसायीहरुले किसानले उत्पादन गरेको दुध र दुग्धजन्य बस्तु खरिद गरेवापतको रकम नदिएको बिरोधमा रुपन्देहीका किसानहरुले बिरोध प्रर्दशन गरेका हुन् ।
विहिबार बुटवलमा किसानहरुले प्लेकार्ड सहित प्रर्दशन र एक घण्टा चक्का जामको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । दुग्ध उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले एक घण्टाको चक्काजाम कार्यक्रममा प्रहरीले दमन गरी अगुवाहरुलाई लछार पछार गरेको बताए ।
प्रहरीबाट घेरिएका किसानहरुले सरकारविरुद्ध नाराजुलुस गरेका थिए । रुपन्देहीको तिलोत्तमा, देवदह लगायतका स्थानबाट बुटवलमा आएर सडक बन्द गर्ने गरी बिरोधमा उत्रिएका किसानहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो । विरोध कार्यक्रममा किसानहरुले दुधको भुक्तानी तुरुन्त गर, अघोषित मिल्क होलिडे बन्द गर, भारतीय दुध नेपालमा प्रतिबन्ध गर, कृषिमन्त्री राजिनामा दे, जस्ता नारा लगाएका थिए । ।
दुग्ध उत्पादक जिल्ला सहकारी संघका रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दै त्यसको बिरोध गरे ।