२०८१ श्रावण १२

नेपाल स्काउटको बुटवल आयुक्तमा खरेल
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १७, बिहीबार १३:४० गते

बुटवल १७ फागुन ।
नेपाल स्काउटको बुटवल आयुक्तमा नवराज खरेल नियुक्त भएका छन् । स्काउटका क्षेत्रमा लामो समयदेखि कार्यरत खरेललाई बुटवल उपमहानगर पालिकाका प्रमुख स्काउटका स्थानिय संरक्षक खेलराज पाण्डेले स्थानिय आयुक्तमा नियुक्त गरेका हुन् । गुल्मी चन्द्रकोट १ का खरेल हाल बुटवल ११ मा बसोबास गर्छन् ।
बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरका स्काउट मास्टर समेत रहेका खरेल नेपाल स्काउट ऐन, २०५० केही संशोधन र यस अन्तरगत बनेको नेपाल स्काउट नियमावली २०७७ बमोजिम सम्पन्न नेपाल स्काउट स्थानीय परिषद निर्वाचन २०८० मा बुटवल उपमहानगरपालिका स्थानीय परिषद सदस्यमा निर्वाचित भएका थिए । खरेललाई नेपाल स्काउट नियमावली २०७७ को परिच्छेद ६ दफा २१ को उपदफा १ ( क) बमोजिम नियमावलीले व्यवस्था गरेअनुसारको कार्यकाल रहने गरी स्थानीय आयुक्तमा उपमहानगर प्रमुख पाण्डेले नियुक्त गरेका हुन् । पाण्डेले नेपाल स्काउट ऐन नियम तथा नियमावलीको अधिनमा रही स्थानीय स्काउटका गतिविधिहरु सञ्चालन हुने कुरामा विश्वस्त रहेको भन्दै खरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त समेत गरेका छन् । आयुक्तमा नियुक्त भएपछि खरेलले आफ्नो कार्यकालमा बुटवलमा स्काउटको क्षेत्रमा उत्कृष्ट काम गर्न लागि पर्ने बताएका छन् ।
स्काउट मास्टर तथा खेलकुद प्रशिक्षक खरेल बिगत १५ बर्ष देखि नेपाल स्काउटको क्षेत्र र सामाजिक काम गर्दै आएका छन् । नेपाल स्काउटको बिपद ब्यवस्थापन आकस्मिक उद्दार कर्ता र खेलकुद को क्षेत्रमा कार्यरत उनी बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रिता मा बि मा स्काउट मास्टर तथा खेलकुद प्रशिक्षणको रुपमा कार्यरत छन् ।उनले जाजरकोटको भुकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा विभिन्न सहयोग को काम समेत गरेका थिए । जाजरकोटमा भुकम्प प्रभावित क्षेत्रमा काममा खटिएका बेला उनले आफ्नो जन्म दिनमा भुकम्पपीडितलाई आर्थिक सहयोग समेत गरेका थिए । खरेलले २०७८ फागुन ७ बाट बैबाहिक जीवन शुरु गर्दा पनि बिबाहमा हुने खर्च बचत गरी अक्षयकोष स्थापना गरेका थिए । उनले रुरु क्षेत्र ४ बलेटक्सार ( स्काउट मास्टर) विद्या खड्का सग प्रेम विवाह गरेका थिए । विद्यासगको सल्लाहमा नवराजले बिबाहमा हुने केही खर्च बचत गरी २०७८ फागुनमा गुल्मीको सारदा मावि मा अक्षयकोष स्थापना गरेका थिए । खेलकुद र स्काउटका लागि यो जोडीले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेको थियो ।