पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय

बुटवल १७ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई भ्रष्टाचारको मुद्दामा बुधवार एउटा अदालतले १४ वर्षको कारावास सजाय सुनाएको छ। यसअघि खानलाई राज्यको गोपनीयता भङ्ग गरेको अर्को अभियोगमा मङ्गलवार १० वर्षको जेल सजाय सुनाइएको थियो। बीबीसीका अनुसार दुवै सजाय सँगसँगै जाने ठानिएको छ। तर त्यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ।… Continue reading पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

बुटवल १६ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। बीबीसीका अनुसार त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ। उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ। ती दस्तावेजहरू आदानप्रदान हुँदा खान… Continue reading पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

फ्रान्समा ३४ वर्षीय युवा प्रधानमन्त्री

बुटवल २५ पुस । गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्रीमा चयन भएका छन्। एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनर्संरचना गर्न खोजिरहँदा उनको नियुक्ति भएको हो। ३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुन्।उनको उदय द्रुत गतिमा भएको छ । दश वर्षअघि उनी स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका एक सल्लाहकार र… Continue reading फ्रान्समा ३४ वर्षीय युवा प्रधानमन्त्री

जापानमा शक्तिशाली भूकम्प

सुनामीको चेतावनी काठमाण्डौं १६ पुस । मध्यजापानमा सोमवार शक्तिशाली भूकम्प गएको छ। जापानको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको समाचारसंस्था रोयटर्सले जनाएको छ। स्थानीय समयानुसार नयाँ वर्षको पहिलो दिन दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६… Continue reading जापानमा शक्तिशाली भूकम्प

चीनमा भूकम्प, १०० जनाभन्दा बढीको मृत्यु

बुटवल ३ पुस । पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा ११८ जनाको मृत्यु हुनुका साथै २०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निट्यूडको भुकम्प गएको सरकारी अधिकारीहरूले बताएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले उक्त भूकम्प रिक्टर स्केलमा ५.९ को थियो र जमिनमुनि १० किलोमिटर गएको… Continue reading चीनमा भूकम्प, १०० जनाभन्दा बढीको मृत्यु

अष्ट्रेलियाले छैटौँ पटक जित्यो क्रिकेट विश्वकपको उपाधि

  बुटवल ३ मंसिर । घरेलु मैदानमा भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। भारतको अहमदाबादमा भएको फाइनल खेलमा टस जितेर पहिले फील्डिङ रोजेको अस्ट्रेलियाले भारतलाई छ विकेटले पराजित गरेको हो। अस्ट्रेलियाको जितमा ट्राभिस हेडले बनाएको १३७ रन उल्लेख्य रह्यो। अस्ट्रेलियाले यसअघि पाँच पटक विश्वकप उपाधि हात पारिसकेको थियो। यो विश्वकपमा… Continue reading अष्ट्रेलियाले छैटौँ पटक जित्यो क्रिकेट विश्वकपको उपाधि

भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

बुटवल ३ मंसिर । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा आयोजक राष्ट्र भारतले अस्ट्रेलियालाई जितका लागि दुई सय ४१ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको हो । विराट कोहली र केएल राहुलको अर्धशतकप्रेरित भारतले आइसिसी एकदिवसीय विश्वकप २०२३ फाइनल जित्न अस्ट्रेलियालाई… Continue reading भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

बुद्ध जन्म भुमिबाट राष्ट्रसंघका महासचिवले गरे शान्तिको आब्हान

लुम्बिनी १४ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेका छन् । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर भइरहेका द्वन्द्व अन्त्यका लागि आह्वान पनि गरेका छन्। इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उनले आह्वान गरे।युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गर्दै उनले युक्रेन, रसिया,… Continue reading बुद्ध जन्म भुमिबाट राष्ट्रसंघका महासचिवले गरे शान्तिको आब्हान

महासचिव गुटरेसको लुम्बिनी भ्रमण मंगलबार, लुम्बिनीबाट विश्व शान्तिको अपिल गरिने

लुम्बिनी, १३ कार्तिक । संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनीमा हुने भ्रमणको तयारी पूरा भएको छ । मंगलबार विहान बुद्धजन्मस्थल लुम्बिनीमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड पनि महासचिव गुटरेसको लुम्बिनी भ्रमण सहभागि हुने भएका छन् । महासचिव गुटरेस प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा आईतबार विहान नेपाल आएका हुन । लुम्बिनी विकास कोषले महासचिव गुटरेसको भ्रमणको सम्पूर्ण तयारी… Continue reading महासचिव गुटरेसको लुम्बिनी भ्रमण मंगलबार, लुम्बिनीबाट विश्व शान्तिको अपिल गरिने

राष्ट्रसंघका महासचिव गुटेरसको उच्चस्तरीय भेटघाट

राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेताहरुसँग भेट काठमाडौं, १२ कात्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरसले आइतबार उच्चस्तरीय भेटघाट गरेका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि प्रमुख दलका नेताहरुसँग भेट गरेका छन् । आइतबार विहान १ बजे नेपाल आइपुगेका महासचिव गुटेरसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेर राजनीतिक भेटघाटको सुरुवात गरेका थिए ।… Continue reading राष्ट्रसंघका महासचिव गुटेरसको उच्चस्तरीय भेटघाट