२०८१ आश्विन ३

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २६, बुधबार ०८:३२ गते

काठमाडौ,२६ भदौ ।

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।

बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद शान्ति परियारले पत्रमा हस्ताक्षर गर्न हुने नहुने उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने बताइन् ।  उनले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गरिन् ।उपसभामुख पद देशको प्रतिष्ठा जोडिएको छ । उपसभामुख पद देशको अभिभावक हो ‚’ उनले भनिन्‚‘यसमा विवाद आउँदा यस्तो गरिमामय पदमा आउँदाखेरी मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । प्रतिष्ठासँग जोडिएको हुँदा गम्भीर भएर मार्ग प्रशस्त गर्न अनुरोध छ।’

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button