२०८१ आश्विन ३

लुम्बिनी प्रदेश सभा सचिवालयमा नेम्वाङको सम्झना
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २६, बुधबार ०८:३३ गते

दाङ २६ भदौ ।
संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार लुम्बिनी प्रदेश सभा सचिवालयमा उनको योगदानको स्मरण गरिएको छ ।
स्मृति दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री सभामुख, मन्त्रीहरु प्रदेश सभाका सदस्यहरु कर्मचारीहरुले स्व. नेम्वाङको तस्बिरमा माल्यार्पण गरि उनको सम्झना गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगर , निबर्तमान मुख्यमन्त्री जोख बहादुर महरा , भौतिक पुर्बाधार बिकास मन्त्री भुमेश्वर ढकाल, प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका संसदीय दलका नेता, प्रमुख सचेत , सचेतक, प्रदेश सभा सचिब दुर्लभ कुमार पुन लगायतले नेम्वाङको तस्बिरमा माल्यार्पण गरेका थिए । लुम्बिनी प्रदेश सभा सचिवालय परिसरमा स्व नेम्वाङको तस्बिर दिनभर राखि पुष्पगुच्छा अर्पण गरिएको हो ।
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।
नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट निर्वाचित भएका थिए।