२०८१ आश्विन ३

रुपन्देही उद्योग संघको ४६ औं वार्षिक साधारण सभा असोज १९ मा
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ३१, सोमबार ११:४१ गते

बुटवल ३१ भदौ ।
रुपन्देही उद्योग संघको ४६ औं वार्षिक साधारण सभा यही असोज १९ गते हुने भएको छ । संघको १२ औं कार्यसमिति बैठकले संघको ४६ औं वार्षिक साधारण सभा आगामी असोज १९ गते शनिबार सम्पन्न गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले साधारण सभाको तयारीको लागि विभिन्न समिति गठन गरी संयोजकको जिम्मेवारी समेत विभाजन गरेको महासचिव हिरामणी भट्टराईले जानकारी दिए । जस अनुसार खाना व्यवस्थापनमा कार्यसमिति सदस्य लालहरि पाण्डे, किटब्याग व्यवस्थापनमा मिना तुलाधर र सौजन्य व्यवस्थापनमा किरण खरेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
साधारण सभामा संघको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन निमन्त्रणा, पत्राचार लगायतका सबै तयारी थालनी गरिएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी दिए ।
२०३५ सालमा स्थापना भएको रुपन्देही उद्योग संघ रुपन्देही जिल्लाका उद्योगीहरुको साझा संस्था हो । काठमाडौं बाहिर पहिलोपटक औद्यौगिक प्रदर्शनीको शुरुवात गरेको संघले नियमित रुपमा औद्योगिक सचेतनाका कामहरु गर्दै आएको छ र यस पटकको साधारणसभा संघको आप्mनै सभाहलमा हुने सचिवालयले जनाएको छ ।