२०८१ आश्विन ४

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १, मंगलवार १५:०४ गते

देवदह शिक्षा विकास परियोजना कार्यान्वयनमा सघाउने प्रतिवद्धता

बुटवल १ असोज ।
संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरुको अध्ययन गरेको छ ।
२०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको छ ।
सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै संसदीय समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विकास परियोजना निकै महत्वपूर्ण रहेकाले यसको कार्यान्वयनमा सघाउने प्रतिवद्धता जनाए ।
उनले लुम्बिनी बौद्ध विश्वविद्यालय स्थानीयस्तरदेखि अन्तर्राष्ट्यि पहिचान बनाउन सक्ने क्षमताको रहेको भन्दै प्रवद्र्धनमा सरकारले नै काम गर्नुपर्ने उनले बताए । देशमा रहेका विश्वविद्यालयमध्ये अन्तर्राष्ट्यि क्षेत्रमा फैलिने क्षमता लुम्बिनी बौद्ध विश्वविद्यालयसंग रहेको भन्दै उनले आफूहरुले समितिमा छलफल गरेर यसको विकासमा ठोस निर्देशन सरकारलाई गर्ने बताए ।
विश्वविद्यालयहरु पठनपाठनमा केन्द्रीत नभएर अनुसन्धानमा केन्दित्र हुनुपर्ने सुझाव उनको थियो । विश्वविद्यालयले अनुसन्धान गरेर सो अनुसन्धान कार्यान्वयनका लागि सरकारलाई प्रतिवेदन दिनुपर्ने उनले बताए ।
समितिका सदस्य छविलाल विश्वकर्माले देवदहमा विश्वविद्यालयका लागि निकै प्रयासका बाबजुद जग्गा प्राप्ती भएको भन्दै त्यसको बहुउपयोग गर्नुपर्ने बताए । स्थानीय उपभोक्ताका आवश्यकता जोड्दै विश्वविद्यालय अगाडि बढिरहेको भन्दै उनले देवदहको परियोजनालाई सफल बनाउने जिम्मेवारी सबैले लिनुपर्ने बताए ।
त्यस्तै अर्का सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालय अन्तर्राष्ट्यि पहिचान बनाउन सक्ने भन्दै त्यसका लागि सरकारले विशेष जोड दिनुपर्ने बताए । देशका प्रधानमन्त्रीहरु अन्तर्राष्ट्यि फोरमहरुमा जादा लुम्बिनी बौद्ध विश्वविद्यालयको नाम र काम उच्चारण गरेर प्रवद्र्धन गर्नुपर्ने उनले बताए ।
बौद्ध दर्शन र शिक्षा अध्ययन गर्न बौद्ध राष्ट्रमात्रै नभई विश्वसमुदाय नै लुम्बिनी आउन उनले बताए ।
त्यस्तै अर्का सदस्य डिगबहादुर लिम्बुले बौद्ध विश्वविद्यालयले अगाडी बढाएको परियोजना कार्यान्वयनमा समितिले सघाउने बताउँदै समुदायलाई जोड्ेर जान सुझाव दिए ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले विश्वविद्यालयले देवदहमा शिक्षा विकास परियोजना सुरुआत गरेको जानकारी गराए । प्राज्ञिक विकासका लागि अनुमानित ८ सय करोडको गुरुयोजना तयार भएको भन्दै उनले परियोजना अन्तर्गतका पूर्वाधार निर्माणका लागि दातृ निकायको खोजि भइरहेको बताए ।
चीन, थाइल्याण्ड, कोरिया, जापान, श्रीलंका, म्यानमारसहितका राष्ट्हरुबाट सहयोगको प्रतिवद्धता प्राप्त भएको भन्दै उपकुलपति बज्राचार्यले बोर्ड ट्रष्टमार्फत दान संकलन गरिने बताए ।
विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयले तीन स्थानमा केन्द्रीत रहेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए । ६ वर्षको प्रयासपछि देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ती गरेको भन्दै त्यही जग्गामा शिक्षा विकास परियोजनाको काम शुरुआत भएको बताए ।
देवदहको विकास हुँदा स्थानीयलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै प्रत्यक्ष लाभ प्राप्त हुने उनले बताए । उनले विश्वविद्यालयका समस्या समाधानमा संसदीय समितिले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
संसदीय समितिले बुटवलको सिटि क्याम्पसको स्थलगत अध्ययन गरेको थियो । समितिसंग शिक्षा दिवसका अवसरमा असोज २ गते केन्द्रीय कार्यालयमा अन्र्तक्रिया कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।