२०८१ आश्विन ४

सुन तोलाको एक लाख ५५ हजार ६ सय
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ३, बिहीबार ०७:०८ गते

बुटवल ३ असोज ।
उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यसै क्रममा
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु. एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु. एक लाख ५५ हजार ६ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु। १० ले घटेको छ । बुधबार प्रतितोला रु. एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार आठ सय ८० निर्धारण भएको छ ।