२०८१ आश्विन ४

लुम्बिनीमा संविधान दिवसमा विभिन्न कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ३, बिहीबार ०७:२९ गते

बुटवल ३ अुसोज ।
लुम्बिनी प्रदेशमा संविधान दिवसमा विविध कार्यक्रम गरिएको छ । प्रदेश सरकारसहित विभिन्न निकायले संविधान दिवसमा विभिन्न कार्यक्रम गरेका छन् ।
प्रदेश सरकारले गरेको कार्यक्रममा प्रदेश राजधानी दाङमा विभिन्न समुदायको कला संस्कृती झल्किने झाँकी प्रदर्शनी गरिएको छ । मगर, थारु, नेवार, ब्राहमण लगायतका समुदायले आ–आफ्नो समुदायको कला संस्कृती सहितको झाँकी प्रदर्शन गरेका हुन । संविधान दिवसलाई उत्सवमय बनाउन विविधतायुक्त झाँकीहरु प्रदर्शन गरिएको थियो । राप्ती नेवारी समाजले परम्परागत रोपाइ जात्रा, थारु समुदायको झाकी, राप्ती स्काउट समुहले स्काउट झाकी, राप्तीको नौमती बाजा सहितको झाकि प्रस्तुत गरिएको थियो ।
झाकी प्रर्दशनपछि आयोजित संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह सम्वोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताए ।
समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकार वाल निकायको जिम्मेवारीपूर्ण भूमिका रहने पनि उनले बताए ।

कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयन गर्न तीन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्वको मुल मर्मलाइ आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको बताए ।
निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हाँसिल गर्ने आकांक्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनु पर्ने बताए ।
पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका दल नेता डिल्लीबहादुर चौधरीले संविधानको मुल मर्म संघियता र एकता भएको बताए । मुल समारोह प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।