२०८१ मंसिर ८

पालिकाहरूलाई तीन दिन विद्यालय बन्द गर्न सरकारको अनुरोध
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १२, शनिबार १६:२३ गते

काठमाण्डौं १२ असोज ।
संघीय सरकारले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढीपहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्न पालिकाहरूलाई अनुरोध गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले शनिबार अपराह्न विज्ञप्ति जारी गर्दै बाढीपहिरोको असर सबैतिर परेको भन्दै तीन दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई आग्रह गरेका छन्।
मन्त्रालयले भौतिक क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत अनुरोध गरेको छ।

साथै, मन्त्रालयले हाललाई विश्वविद्यालय, परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न पनि अनुरोध गरेको छ।