२०८१ मंसिर ८

अझै भारी वर्षाको सम्भावना, यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणको आग्रह
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १६, बुधबार ०९:२४ गते

बुटवल, १६ असौज ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले उपसचिव भारी वर्षाको सम्भावना असोज १८ गतेसम्म कायम रहने हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलाम एक्कासि बाढी आउन सक्ने जोखिम यथावतै छ ।’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।
प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न आग्रह गरेको छ ।
‘यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानामा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्नुहुन र नदी किनाराका बस्तीमा एक्कासि बाढी आउन सक्ने सम्भावनालाई विचार गरी उच्च सतर्कता अपनाउनुहुन एवम् पहिरो जोखिम भएका स्थानका व्यक्तिहरु सुरक्षित स्थानमा स्थानान्तरण हुनुहुन सबैमा विनम्र अनुरोध छ ।’ सूचनामा भनिएको छ ।