२०८१ मंसिर ८
बुटवल १७ असोज ।
कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर उद्घाटन गरिएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले सञ्चालनमा ल्याएको सेन्टरको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहिवार एक कार्यक्रमका विच बाणगंगा–१ कपिलवस्तु जिल्लामा डायलाइसिस सेन्टरको उद्घाटन गरेका हुन। मृगौला फेल भएका बिरामीहरुलाई डायलाइसिस सेवा प्रदान गर्न कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो । मृगौला फेल भएका बिरामीहरु यस अघि डायलाइसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
यहा दश वटा डायलाइसिस मेसिन राखिएको छ । दैनिक ६० जना बिरामीलाई सेवा पु¥याउन सक्ने क्षमता रहेको छ । पाँच करोडको लगातमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । एक जना बिरामीले हप्ताको दुई देखि तीन पटकसम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ ।
लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिदै आएका छन् । चार वटा शाखा र एउटा अस्पतालगरी पाँच वटा स्वास्थ्य संस्थाबाट पाँच सय जनाले नियमित डायलाइसिस सेवा लिदै आएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरु संग सहकार्य गर्ने बताए । लुम्बिनी प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको लागि लगानी बढाएको, देशकै ठूलो अस्पताल निर्माणको काम सुरु भएको जानकारी दिदै निरोगी प्रदेश बासि बनाउने अभियानमा सरकार रहेको बताए ।
्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनेगरी सरकारले भूमिका बढाएको जिकिर गरे । पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थिले सामुदायिक स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य उपचारमा अतुलनिय योग्दान पु¥याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताए । उनले नसर्ने रोगबाट मानिसहरु धेरै पिडित हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै स्वस्थ जीवनयापनको लागि ध्यान दिन आग्रह गरे।
कार्यक्रममा प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का इमिडेट पास्ट डिष्ट्रिक गर्भरन राजेन्द्र प्रसाद ध्वजु, वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, बुद्धभूमी नगरपालिकाका प्रमुख केशवु श्रेष्ठ, कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेशराज रेग्मी, रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष ज्ञानहरी न्यौपाने, कपिलवस्तु जेसीजका अध्यक्ष प्रविण पौडेल, मृगौला रोग बिशेषज्ञ डा.रजत कायस्थ, अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.समिर गौतमलगायतले स्वाथ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए ।