२०८१ कार्तिक ८

लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री, सपथ भोलि
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ७, बुधबार १२:५८ गते

दाङ ७ कात्तिक ।
लुम्बिनी प्रदेशमा ३ नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गरेका छन ।
नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले तीन जना नयाँ मन्त्री थप्न लागेका हुन ।
मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले जानकारी दिए । सीफारीस भएका नयाँ मन्त्रीहरु नेपाली काग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिएपनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।