२०८१ मंसिर २०

लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हुने
  • लुम्बिनी खोज
  • २०८१ मंसिर १८, मंगलवार ०६:५४ गते

लुम्बिनी १८ मंसिर ।
नेपाल र चीन बीचको पारस्परिक समझदारी सम्बन्धलाई थप सुमधुर बनाउदै, सांस्कृतिक सुदृढीकरण र लुम्बिनीलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बैशाख १२ देखि १४ सम्म लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।
लुम्बिनी विकास कोष, सारिपुत्र फाउन्डेसन,चाइना कल्चर प्रमोशन सोसाइटी, वल्र्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड, युङ्जाउ सुलेख र चित्रकला एकेडेमी, चोङ्क्यियुङ हायुन सांस्कृतिक शिक्षा प्रतिष्ठान बीच सम्झदारी कायम गर्दै चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हुन लागेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी गराएका छन् ।
सय भन्दा धेरै राष्ट्रहरु बाट बौद्ध धर्मका विद्वान् तथा धार्मिक गुरुहरु र अनुनायीहरु सहभागी हुने उक्त कार्यक्रममा तीन दिन चल्ने छ भने कार्यक्रममा सांस्कृतिक कार्यक्रम, धार्मिक र बौद्ध इतिहास, बौद्ध दर्शनको धार्मिक महत्त्व र लुम्बिनीको इतिहास उजागर गर्दै विश्व भर लुम्बिनीको प्रचार गर्ने लक्ष्य राखिएको छ।