२०८१ मंसिर ३०

बढ्यो सेयर बजार, दुई हजार ७१५.७१ विन्दुमा पुग्यो नेप्से
  • लुम्बिनी खोज
  • २०८१ मंसिर २६, बुधबार ११:१८ गते

बुटवल २६ मंसिर ।
नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) बुधवार ४५ दशमलव ८८ अंकले बढेको छ ।
पछिल्ला केही दिन यता लगातारजसो ओरालो लागेको नेप्से परिसूचक बुधबार सो अंकले बढेपछि बढेपछि २७०० विन्दु माथि पुगेएको छ।
आज ४५.८८ अंकले बढेर नेप्से दुई हजार ७१५.७१ विन्दुमा कायम भएको हो।
अघिल्लो दिनको तुलनामा बुधबार कारोबार रकममा सामान्य वृद्धि भएको छ। आज ३०८ कम्पनीको एक करोड १३ लाख ८६ हजार कित्ता सेयर पाँच अर्ब पाँच करोड ६ लाख ५४ हजार रुपैयाँमा कारोबार भएको छ। मंगलबार चार अर्ब ३६ करोडबराबरको सेयर कारोबार भएको थियो।