२०८१ पुष ८
बुटवल ७ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल स्थीत कालिका मानवज्ञान विद्यालयले हाँसिल गरेका शैक्षिक उपलब्धिहरु प्रदेशका अन्य विद्यालयहरुले बलियो सिकाई केन्द्रको रुपमा लिनुपर्ने बताएका छन् ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस मुल समारोहको आइतबार उद्घाटन गर्दै उनले कालिकाले सबै क्षेत्रमा उत्कृष्ठता हाँसिल गरेको भन्दै यसबाट अन्य विद्यालयहरुले सिक्न जरुरी रहेको बताए । विद्यालयको प्रशंसा गर्दै उनले भने, ,‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावि योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हाँसिल गरेका उपलब्धीले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’
विद्यालयलाई यस उचाईमा ल्याईपु¥याउन भूमिका खेल्ने सबै बधाईको पात्र रहेको चर्चा गर्दै उनले विद्यालयले यो उचाई सधैं कायम राख्न निरन्तर भूमिका बढाइरहनुपर्ने बताए।
बहुआयामीक क्षेत्रमा विद्यालयले हाँसिल गरेका उपलब्धिहरु शैक्षिक विकासकोलागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिक्षा देखि विभिन्न क्षेत्रमा उपहानगरपालिकाले गरेका कामको चर्चा गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बार्षिक प्रगती विवरण प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा गरेका कार्यहरुको चर्चा गरेका थिए ।
वि.सं. २०१७ सालमा स्थाना भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित छ । विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले कालिकाले शैक्षिक क्षेत्रमा खेलेको भुमिका तथा शिक्षा क्षेत्रको बारेमा चर्चा गरेका थिए ।